आज देशभर २८१७ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ८१२ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५७ हजार ९२६ जना निको भएका छन्। आज देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्।…

बागलुङकी युवतीमा कोरोना संक्रमण भएको पुष्टि

बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। बेल्जियमबाट नेपाल आएकी  ती १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो। ती युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन्।

दादुरा – रुवेला खोप अभियानको पहिलो चरण आजदेखि सुरु

सरकारले आज देखि दादुरा रुवेला खोप अभियान सञ्चालन गरेको छ । सरकारले यस अभियानलाई दुई चरणमा विभाजनमा गरेको छ । यो अभियानको पहिलो चरण (फागुन महिना भर) तीनवटा प्रदेशमा ( १, २ र ५) का ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ जना बालबालिकालाई दादुरा रुवेला खोप दिन लागिएको हो । खोप अभियानको दोस्रो चरण…

कोरोना भाइरस सम्बन्धी १० भ्रम र सत्य

कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो छ। चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोनाको संक्रमण २५ भन्दा बढी राष्ट्रमा फैलिसकेको छ। विश्व समुदायले निकै चासोका साथ नियाली रहेको कोरोना भाइरसको विषयमा अहिले विभिन्न बहस तथा अनुसन्धान भइरहेका छन्। कोरोना भाइरसको संक्रमण र बच्ने उपायलाई लिएर पछिल्लो समय उठेका विभिन्न १० जिज्ञासालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्पष्ट पारेको…

कोरोनाभाइरस: सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ?

नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ। यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ? यसका लक्षणहरू के हुन्? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ? यसको उपचार कसरी हुन्छ? महामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ। त्यहाँ उपचार गरिएका सुरुका ९९…

कोरोनाभाइरससँग लडिरहेका डाक्टर-नर्सले जब मास्क खोले…

चीन अहिले कोरोनाभाइरसको महामारीसँग जुधिरहेको छ। हुबेई प्रान्तको राजधानी वुहान सहरबाट सुरू भएको नोवेल कोरोनाभाइरसले चीनको सीमा नाघेर फिलिपिन्समा समेत एक जनाको ज्यान लिइसकेको छ। चीनबाहिर अफ्रिकाबाहेक सबै महादेशमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। आइतबारसम्म चीनमा मात्र ३ सय ४ जनाको मृत्यु भएको छ भने १४ हजार ३ सय ८० जना संक्रमित छन्, तीमध्ये ११ सय…

कोरोना भाइरस मानिसबाट मानिसमा सर्‍यो, १८ देशमा फैलियो, २१३ को मृत्यु-विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

कोरोना भाइरसको संक्रमण विश्वका १८ देशमा देखिएको छ। यो भाइरसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ। चीनमा हालसम्म यो भाइरसका कारण २१३ जनाको ज्यान गइसकेको छ भने ९ हजार ६ सय ९२ जना संक्रमित भएका छन्। चीनबाहेकका १७ देशमा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ। चीनबाहिरका देशमा ८२ जनामा यो भाइरसक भेटिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार तीन जनामा यो भाइरस…

धेरैलाई सताउने पाइल्स, फिस्टुला र फिसर के हो?

पाइल्स, फिस्टुला र फिसर यी रोगहरुसँग प्रायः मानिसहरु परिचित हुन्छन्। किनकि धेरै मान्छेले आफू स्वयं, परिवारका सदस्य, साथीभाइ वा छर–छिमेकमा कोही न कोही यो रोगबाट आक्रान्त भएको देखेकै हुन्छन्। अझ सहरी परिवेश, अहितकर खानपान र अव्यवस्थित जीवनशैलील यो रोग बढ्दो छ। यी तीनवटै रोग मलद्वारसम्बन्धी रोग हुन्। हुन त धेरै मानिस यी सबैलाई पाइल्स भन्दै…

टन्सिलमा हुने संक्रमणबाट कसरी जोगिने ?

घाँटीको भित्री तथा पछाडि भागमा भएको नरम तन्तुलाई टन्सिल भनिन्छ । यो प्राय सबै मानिसको घाँटीमा हुन्छ । तर, आममानिसले विभिन्न संक्रमणहरुबाट घाँटी दुखेको अवस्थालाई मात्रै ‘टन्सिल’ भनेको पाइन्छ । तसर्थ, सामान्य बोलिचालीको भाषामा ‘टन्सिल’ भन्नाले घाँटीको भित्र तथा पछाडि रहेको भाग दुख्नु हो । कतिपय मानिसमा ‘टन्सिल’ गर्मीमा भन्दा जाडोमा बढी हुने गलत मान्यता…

नेपालमा कोरोना भाइरस भेटिएको पुष्टि

काठमाडौँ — नेपालमा नोबेल कोरोना भाइरस देखिएको छ। ‘नोबेल कोरोना भाइरस’का शंकास्पद बिरामीको रगत र र्‍यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका बिरामी नेपाली विद्यार्थीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग…